करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ : एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले करका दरमा भएको हेरफेर र बजेट बनाउन अनाधिकृत व्यक्तिको प्रवेशबारे बाहिर आएका विषयमा अर्थमन्त्रीले सदनमा प्रस्ट पार्नुपर्ने बताएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम राज गिरीले प्रत्येक वर्ष बजेट बनाउने सुरुवात हुँदा कुनै न कुनै गम्भीर खालका सूचना आउने गरेको र यसले सरकारमाथि जनविश्वास घट्न थालेको भन्दै यसवर्षपनि अनाधिकृत व्यक्ति बजेट बनाउन पसेका समाचारहरु आएकाले यसबारे सरकारले प्रस्ट पार्नुपर्ने बताए ।
‘गत वर्षपनि बिचौलिया राखेर करका दर हेरफेर भयो भनेर सार्वजनिक भयो । त्यसको छानबिन हुनुपर्छ भन्दा सिसिटीभीका तार काट्ने र अर्वौ रुपैयाँ राज्यलाई घाटा गराउने काम भयो’, उनले भने, ‘यसपटक पनि बिचौलिया राखेर करका दर परिवर्तन भएको भनिएको छ । मन्त्रीका नीतिगत भ्रष्टाचारका यर्थाथ के हो ? अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्यो होइन हामीलाई त्यसले चित्त बुझ्न सकेन भने संसदीय छानबिन समिति बनाएर पनि गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडकमा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
-
झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
-
यी निर्माण कम्पनी कालोसूचीमा परे (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण