शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली शरणार्थी प्रकरण : कानुन व्यवसायीको तर्क– सुरक्षा खतराका कारण प्रतिवादीलाई थुनामै राखियोस्

मङ्गलबार, २३ जेठ २०८०, १७ : ०६
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने दलिल जाहेरवाला पक्षका कानुन व्यवसायीले अदालतसमक्ष गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार थुनछेक बहसमा भाग लिँदै जाहेरवालातर्फका कानुन व्यवसायीले प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले अभियुक्तहरुकै सुरक्षाका लागि पनि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने तर्क गरे ।

‘बाहिर आक्रोस छ, प्रतिवादीहरुकै सुरक्षाका लागि भए पनि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनु पर्छ,’ उनले भने, ‘प्रतिवादीहरुलाई धरौटीमा छाड्दा अदालत र न्यायप्रति नै वितृष्णा ल्याउन सक्छ ।’

यस्तो मुद्दामा कानुनी छिद्र प्रयोग गरियो भने यसले मुलुक र समाजलाई गम्भीर असर गर्ने उनले बताए ।

अधिवक्ता हरिप्रसाद कँडेलले प्रतिवादीमध्येकै सानु भण्डारीले नाम लिएका अन्य राजनीतिक उच्च तहका नेताहरुमाथि पनि छानबिनका लागि इजलासले आदेश दिनुपर्ने बताए ।

अधिवक्ता राधिका चौलागाईले पनि जाहेरवालाहरु निकै पीडामा रहेको र उनीहरु आक्रोसितसमेत रहेको भन्दै प्रतिवादीहरुलाई खतरा हुन सक्ने भएकाले थुनामै राख्न आदेश हुनुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप