नक्कली शरणार्थी प्रकरण : कानुन व्यवसायीको तर्क– सुरक्षा खतराका कारण प्रतिवादीलाई थुनामै राखियोस्
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने दलिल जाहेरवाला पक्षका कानुन व्यवसायीले अदालतसमक्ष गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा मंगलबार थुनछेक बहसमा भाग लिँदै जाहेरवालातर्फका कानुन व्यवसायीले प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले अभियुक्तहरुकै सुरक्षाका लागि पनि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने तर्क गरे ।
‘बाहिर आक्रोस छ, प्रतिवादीहरुकै सुरक्षाका लागि भए पनि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउनु पर्छ,’ उनले भने, ‘प्रतिवादीहरुलाई धरौटीमा छाड्दा अदालत र न्यायप्रति नै वितृष्णा ल्याउन सक्छ ।’
यस्तो मुद्दामा कानुनी छिद्र प्रयोग गरियो भने यसले मुलुक र समाजलाई गम्भीर असर गर्ने उनले बताए ।
अधिवक्ता हरिप्रसाद कँडेलले प्रतिवादीमध्येकै सानु भण्डारीले नाम लिएका अन्य राजनीतिक उच्च तहका नेताहरुमाथि पनि छानबिनका लागि इजलासले आदेश दिनुपर्ने बताए ।
अधिवक्ता राधिका चौलागाईले पनि जाहेरवालाहरु निकै पीडामा रहेको र उनीहरु आक्रोसितसमेत रहेको भन्दै प्रतिवादीहरुलाई खतरा हुन सक्ने भएकाले थुनामै राख्न आदेश हुनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण