विदेशमा शाखा खोल्न बीमा कम्पनी अनिछुच्क

नेपाल बीमा प्राधिकरणले गत चैतमा नेपाली बीमकले विदेशमा शाखा खोल्न पाउने नीति ल्यायो । तर, हालसम्म कुनै पनि बीमकले विदेशमा शाखा खोल्न अनुमति मागेका छैनन् । बीमकहरूले पनि विदेशमा शाखा खोल्न गृहकार्य नभएको प्रतिक्रिया दिएका छन् ।
प्राधिकरणले 'बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९' जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् । निर्देशिकाअनुसार प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली त्यसको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ ।
प्राधिकरणले निकट भविष्यमा विदेशमा हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने दाबी गरेको छ । तर, प्राधिकरणले निर्देशिका जारी गरेको झन्डै २ महीना हुँदा प्राधिकरणमा कुनै पनि बीमकले विदेशमा शाखा खोल्ने अनुमतिका लागि आवेदन दिएका छैनन् ।
नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार विदेशमा शाखा खोल्न हालसम्म कुनै पनि बीमकले आवेदन दिएका छैनन् । 'अहिलेसम्म विदेशमा शाखा खोल्ने अनुमति माग्दै कुनै पनि कम्पनीले आवेदन दिएका छैनन्,' उनले भने । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार