मध्य प्रदेशमा मालवाहक रेल लिकबाट बाहिरियो, ठुलो दुर्घटनाबाट जोगियो
बुधबार, २४ जेठ २०८०, ११ : ०८
भारतको मध्य प्रदेशको जबलपुरमा मालवाहक रेल लिकबाट बाहिरिएको छ । रेल ठुलो दुर्घटनाबाट जोगिएको छ ।
रेलवे अधिकारीका अनुसार जबलपुरको शाहपुरा भिटोनीमा एलपीजीले भरिएको मालवाहक रेलका दुई वटा डिब्बा लिकबाट बाहिरिएको हो ।
पश्चिम मध्य रेलवेका सिपिआरओ राहुल श्रीवास्तवले भने, ‘गए राती सामान उतार्ने क्रममा एलपीजीले भरिएको मालगाडीका दुई वटा गाडी लिकबाट बाहिरिएको थियो । घटनापछि रेलको आवतजावतमा प्रभावित भएको छैन । बिहान हुने बित्तिकै अधिकारीलाई रेखदेखमा मर्मतको काम सुरु गरिएको थियो ।’
यसअघि ओडिशाको बालासोरमा तीन वटा रेल दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण