सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य प्रदेशमा मालवाहक रेल लिकबाट बाहिरियो, ठुलो दुर्घटनाबाट जोगियो

बुधबार, २४ जेठ २०८०, ११ : ०८
बुधबार, २४ जेठ २०८०

भारतको मध्य प्रदेशको जबलपुरमा मालवाहक रेल लिकबाट बाहिरिएको छ । रेल ठुलो दुर्घटनाबाट जोगिएको छ ।

रेलवे अधिकारीका अनुसार जबलपुरको शाहपुरा भिटोनीमा एलपीजीले भरिएको मालवाहक रेलका दुई वटा डिब्बा लिकबाट बाहिरिएको हो ।

पश्चिम मध्य रेलवेका सिपिआरओ राहुल श्रीवास्तवले भने, ‘गए राती सामान उतार्ने क्रममा एलपीजीले भरिएको मालगाडीका दुई वटा गाडी लिकबाट बाहिरिएको थियो । घटनापछि रेलको आवतजावतमा प्रभावित भएको छैन । बिहान हुने बित्तिकै अधिकारीलाई रेखदेखमा मर्मतको काम सुरु गरिएको थियो ।’

यसअघि ओडिशाको बालासोरमा तीन वटा रेल दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भइसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप