मच्छिन्द्रसँग हिमालय शेर्पा पराजित
काठमाडौँ । साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जित निकाल्दै चर्च ब्वाईजसँगको अग्रता छोट्याएको हो । जित हात पार्ने क्रममा मच्छिन्द्रले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै एक गोल खान पुगेको थियो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले एक तथा आफिज ओलावालेले दुई गोल गरे । यस्तै हिमालयनका पिस्टोन मुटुम्बाले एक गोल सान्तोवना गोल फर्काएका थिए ।
हिमालयन शेर्पामाथि सुरुवातबाट नै हाबी हुँदै खेलेको मच्छिन्द्रले २६ औं मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो । पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रको अग्रता २–० को बनाउँदा ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पु¥याएका थिए । ओलावालेको जारी लिगमा २० औं गोलपनि पूरा भएको छ ।
हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । खेलको अन्तिम १० मिनेट दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलको ८२ औं मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । यस्तै ८५ औं मिनेटमा निशान लिम्बूले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटिएको थियो ।
विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाइएको थियो । त्यसपछि खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मच्छिन्द्र ३–१ ले विजयी भयो । मच्छिन्द्रको यो ११ औं जित हो । जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।
लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले मनाङलाई १–० ले स्तब्ध बनायो । स्पष्ट जित निकाल्ने क्रममा एनआरटीका दिपेश आले मगरले १७ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यससँगै एनआरटीले जारी सिजनमा आठौं जित निकाल्न सफल भएको छ । एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । पराजित मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण