प्रधानमन्त्री र स्वीट्जरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता
बुधबार, २४ जेठ २०८०, २२ : ३३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार भएको भेटमा नेपाल र स्वीट्जरल्याण्डको आपसी सम्बन्ध र द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालसँग परमाणु परीक्षण प्रतिबन्ध सन्धिका एक्जुकेटिभ सेक्रेटरी रोबर्ट प्लोयर्डले पनि आजै शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा प्रधानमन्त्री दाहालले परमाणु परीक्षण नियन्त्रणका सन्दर्भमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । एक्जुकेटिभ सेक्रेटरी रोबर्टले नेपालका तर्फबाट जनाइएको प्रतिबद्धताका बारेमा प्रसन्नता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
-
भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी
-
कोहलीले बीसीसीसीआईलाई भने, ‘टेस्ट क्रिकेटबाट संन्यास लिन चाहन्छु’
-
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा