युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौँ। युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । यसमा ३७ हजार ९४२ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पार्न सफल भएका छन् ।
यो एफपीओमा लागि कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकामा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलले जानकारी गराएको छ ।
लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण