अर्थमन्त्रीज्यू चुरे नबेच्नुस्, आगो बल्छ : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेको सांसद रघुजी पन्तले नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न अर्थमन्त्रीलाई सचेत गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले देशको प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने बन्दै चुरे पर्वत नचलाउन चेतावनी दिएका हुन् । चुरे चलाए देशमा आगो बल्ने सांसद पन्तले चेतावनी दिए ।
यस्तै उनले नेपाल श्रीलंका र पाकिस्तान जस्तो बन्ने हो कि भन्ने खतरा रहेको बताए । अहिले नेपालको आर्थिक सूचकाङ्कहरू कुनैपनि सकारात्मक नरहेको बताउँदै सांसद पन्तले भने,‘न निजी क्षेत्र बलियो छ, न सरकारी क्षेत्र बलियो छ, सहकारीलाई त यो बजेटले सम्बोधन नै गरेकै छैन । यो बजेटमा समाजवाद भन्ने शब्द नै उहाँले बिर्सिदिनु भएको छ । समाजवाद शब्द राख्दैमा अहिल्यै समाजवादमा पुगिने कुरामा विश्वास त राख्दिन तर राष्ट्रिय पुँजीको व्यवस्था त अहिलेदेखि नै गर्नुपर्यो । देङ सायो पिङ, टाट पल्टिएको, अनिकाल लागेको मुलुकमा पार्टी सत्तामा गएको थियो, प्रभावशाली भएका थिए । जुन बेला पिवि नर्सिंह राव प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री भए मुलुकको हालत त्यही थियो । तर उनीहरुले एउटा सपना देखे ।’
उनले बजेट देशको सपना देख्ने माध्यम भएको बताउँदै साग बेच्ने पसलेदेखि अर्बपतिसम्मलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने बताए ।
उनले नुवाकोट, गोरखा र डडेल्धुरामा बजेट घोप्टाइएको भन्दै प्रधानमन्त्री, अर्थमन्त्रीको सांसद पन्तले आलोचना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रलाई ‘बिग पुश’ दिन विकास चतुर्भुजको अवधारणा
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण