समवेदना प्रकट गर्न प्रचण्ड महासचिव भुसालको घरमा
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको घरमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मणिग्रामस्थित भुसालको घरमा पुगेका हुन् । प्रधानमन्त्रीले घनश्यामको घरमा पुगेर भुसाल परिवारलाई समवेदन व्यक्त गरेका छन् । भुसालका पिता जगन्नाथ भुसालको आइतबार निधन भएको थियो ।
प्रधानमन्त्रीले भुसाल परिवारलाई समवेदना व्यक्त गर्दे शोकलाई शक्तिमा बदल्न अनुरोध गरे । उनले जन्मपछि मृत्यु स्वभाविक रहेको बताउँदै मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको जनाए । प्रधानमन्त्री दाहालसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, परराष्ट्रमन्त्री एनपी साउद, वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, संघीय सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य लगायत भुसाल निवासमा पुगेका थिए । स्वर्गीय जगन्नाथ भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण