अफगानिस्तानमा अन्तिम संस्कारको कार्यक्रममा विस्फोट, धेरैको मृत्यु भएको आशङ्का
बिहीबार, २५ जेठ २०८०, १६ : ३६
अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानमा रहेको एउटा मस्जिदमा विस्फोट भएको छ, जसमा धेरैको मृत्यु भएको आशङ्का गरिएको छ ।
एक वरिष्ठ तालिबान अधिकारीको अन्तिम संस्कार अघि गरिने प्रार्थनाका बेला विस्फोट भएको हो ।
बीबीसीका एक स्रोतले फैजाबाद सहरमा भएको यस विस्फोटमा धेरैको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा नजिकैको एक प्रान्तका पूर्व प्रहरी प्रमुख समेत रहेका छन् ।
बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्त्येष्टिको प्रार्थनाका लागि मानिसहरू भेला भएका थिए । मङ्गलवार काममा जाने क्रममा कार विस्फोटमा परी उनको मृत्यु भएको हो ।
कार आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण