शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा अन्तिम संस्कारको कार्यक्रममा विस्फोट, धेरैको मृत्यु भएको आशङ्का

बिहीबार, २५ जेठ २०८०, १६ : ३६
बिहीबार, २५ जेठ २०८०

अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानमा रहेको एउटा मस्जिदमा विस्फोट भएको छ, जसमा धेरैको मृत्यु भएको आशङ्का गरिएको छ ।

एक वरिष्ठ तालिबान अधिकारीको अन्तिम संस्कार अघि गरिने प्रार्थनाका बेला विस्फोट भएको हो । 

बीबीसीका एक स्रोतले फैजाबाद सहरमा भएको यस विस्फोटमा धेरैको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा नजिकैको एक प्रान्तका पूर्व प्रहरी प्रमुख समेत रहेका छन् ।

बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्त्येष्टिको प्रार्थनाका लागि मानिसहरू भेला भएका थिए । मङ्गलवार काममा जाने क्रममा कार विस्फोटमा परी उनको मृत्यु भएको हो ।

कार आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप