नीति तथा कार्यक्रम
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित
बिहीबार, २५ जेठ २०८०, २३ : २५
सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ ।
बिहीबार प्रदेशसभाको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएसँगै पारित भएको हो ।
नीति तथा कार्यक्रम प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम पारित भएको हो । जेठ २१ गते कर्णाली प्रदेशको नीति तथा कार्यक्रम ल्याइएको थियो।
एमालेले तीन वटा संशोधन समेत हालेका थियो ।प्रमुख प्रतिपक्षी दल एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
यद्यपि उनीहरूले दर्ता गराएका संशोधन प्रस्ताव बिहीबारको बैठकबाट कुल सदस्यको बहुमतबाट अस्वीकृत भयो ।
मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रम कुनै राजनीतिक दस्ताबेज नभएर कर्णालीका जनताको सपना भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण