शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

बिहीबार, २५ जेठ २०८०, २३ : २५
बिहीबार, २५ जेठ २०८०

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । 

बिहीबार प्रदेशसभाको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएसँगै पारित भएको हो ।

नीति तथा कार्यक्रम प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम पारित भएको हो । जेठ २१ गते कर्णाली प्रदेशको नीति तथा कार्यक्रम ल्याइएको थियो।

एमालेले तीन वटा संशोधन समेत हालेका थियो ।प्रमुख प्रतिपक्षी दल एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

यद्यपि उनीहरूले दर्ता गराएका संशोधन प्रस्ताव बिहीबारको बैठकबाट कुल सदस्यको बहुमतबाट अस्वीकृत भयो ।

मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रम कुनै राजनीतिक दस्ताबेज नभएर कर्णालीका जनताको सपना भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप