जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति राप्रपा नेपालको आपत्ति
बिहीबार, २५ जेठ २०८०, १९ : ५४
काठमाडौँ । राप्रपा नेपालले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उल्लेख गरेकोमा आपत्ति जनाएको हो ।
राप्रपा नेपालका महामन्त्री सुशील कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगको स्वतन्त्रता, स्वायत्तता र सक्षमतामा गम्भीर प्रश्न खडा हुने तथा निर्वाचनको स्वच्छता, विश्वसनीयता, बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा समेत नकारात्मक असर पर्न सक्ने हुँदा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उक्त निर्णय फिर्ता लिन नेपाल सरकारसँग राप्रपा नेपाल आग्रह गर्दछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण