आजदेखि नेपाल रिपब्लिक मिडियाको आईपीओ सर्वसाधारणलाई खुल्ला
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको साधारण सेयर (आईपीओ) आजबाट सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । एक सय रुपैयाँ अंकित मूल्यका कूल ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले छिटोमा जेठ ३० गतेसम्म र ढिलामा असार ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
कूल निष्कासनमध्ये, ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले ४ लाख ३५ हजार ३ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।
बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सेयर कम्पनीले शुक्रबारदेखि सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण