मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि नेपाल रिपब्लिक मिडियाको आईपीओ सर्वसाधारणलाई खुल्ला

शुक्रबार, २६ जेठ २०८०, ११ : ०८
शुक्रबार, २६ जेठ २०८०

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको साधारण सेयर (आईपीओ) आजबाट सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।  एक सय रुपैयाँ अंकित मूल्यका कूल ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले छिटोमा जेठ ३० गतेसम्म र ढिलामा असार ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 

कूल निष्कासनमध्ये, ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले ४ लाख ३५ हजार ३ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सेयर कम्पनीले शुक्रबारदेखि सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप