६ जना मृतावस्थामा फेला
काठमाडौं । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देहीको मायादेवी गाउँपालिका-१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा पनि सोही ठाउँस्थित उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी रौतहटको परोहा नगरपालिका-७ स्थित पोखरीमा अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
काभ्रे, भुम्लु गाउँपालिका-७ राजकोटस्थित सुनकोशी नदीमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यी दुई जनाको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका-५ बस्ने ३८वर्षीय युवराज रानामगर सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण