बजेट लथालिंग देशको भताभुंग चाला : गोकर्ण विष्ट
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित गरेर बजेट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले सत्तारुढ दलका शीर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएकाले मान्य नहुने बताए ।
सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबी पनि गरे ।
‘बजेटजति डडेलधुरा र गोर्खामा रे ! क्रमागत आयोजनाहरु काटिन्छन्, केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित गरिएको छ यो विधि र न्याय स्थापित भएन’, उनले थप भने, ’एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला । आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ ।’
उनले सरकार र बजेटबाट आशा गर्नु भनेको धतुरो रोपेर स्याउ, सुन्तला फलाउन खोज्नुजस्तै भएको बताए ।
‘यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिँदैन र एउटा भनाई छ–जुनकिरीको पिँधले उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन’, विष्टको भनाइ छ ।
वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने विष्टको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण