जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेकी छिन् काजोल, फोटो डिलिट गरेर सोसल मिडियाबाट बिदा भइन्
शुक्रबार, २६ जेठ २०८०, १५ : १४
बलिउड अभिनेत्री काजोलले सोसल मिडियाबाट बिदा लिएकी छिन् । उनले आफ्नो सोसल मिडिया अकाउन्ट इन्स्टाग्राममा यसबारे जानकारी दिएकी हुन् । यसका साथै उनले आफू जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेको पनि बताइन् । उनले यसबारे कालो ब्याकग्राउन्डमा क्याप्सन लेखेर जानकारी दिएकी हुन् । उनले कस्तो मुस्किल समय हो भनेर खुलासा चाहिँ गरेकी छैनन् ।
यसअघि काजोलले आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको जानकारी पनि दिएकी थिइन् । त्यसपछि उनलाई धेरैले प्रश्नसमेत गरेका थिए । यो जानकारीपछि उनले सोसल मिडियाबाट आफ्नो सबै पोस्ट र फोटो डिलिट गरेकी छिन् ।
काजोलको यो व्यवहारलाई धेरैले सामान्य मानेका छैनन् । उनले किन यस्तो भनेकी होलिन्, उनको जीवनमा कस्तो खालको समस्या आइरहेको छ भनेर धेरैले चासो तथा चिन्ता व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण