जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेकी छिन् काजोल, फोटो डिलिट गरेर सोसल मिडियाबाट बिदा भइन्
शुक्रबार, २६ जेठ २०८०, १५ : १४

बलिउड अभिनेत्री काजोलले सोसल मिडियाबाट बिदा लिएकी छिन् । उनले आफ्नो सोसल मिडिया अकाउन्ट इन्स्टाग्राममा यसबारे जानकारी दिएकी हुन् । यसका साथै उनले आफू जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेको पनि बताइन् । उनले यसबारे कालो ब्याकग्राउन्डमा क्याप्सन लेखेर जानकारी दिएकी हुन् । उनले कस्तो मुस्किल समय हो भनेर खुलासा चाहिँ गरेकी छैनन् ।
यसअघि काजोलले आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको जानकारी पनि दिएकी थिइन् । त्यसपछि उनलाई धेरैले प्रश्नसमेत गरेका थिए । यो जानकारीपछि उनले सोसल मिडियाबाट आफ्नो सबै पोस्ट र फोटो डिलिट गरेकी छिन् ।
काजोलको यो व्यवहारलाई धेरैले सामान्य मानेका छैनन् । उनले किन यस्तो भनेकी होलिन्, उनको जीवनमा कस्तो खालको समस्या आइरहेको छ भनेर धेरैले चासो तथा चिन्ता व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो
-
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु
-
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर
-
पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय
-
ड्यानी पर्ल, बहावलपुर र अपरेसन सिन्दूर
-
अख्तियारको छापापछि पनि टसमस छैनन् सन्तोषनारायण