विदेश भ्रमणमा १० महिनामा १ खर्ब बाहिरियो
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमै १ खर्ब रुपैयाँ बढी बाहिरिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन १ देखि वैशाख मसान्तसम्म विदेश भ्रमणमा कूल १ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्ष भ्रमण शीर्षकमा ३५.३ प्रतिशतले वृद्धि भएको हो ।
यसै अवधिमा सेवा आय (आम्दानी) तर्फ ५१ अर्ब ८८ करोड रुपैयाँ आयात भएकोमा ५७ अर्ब ७४ करोड रुपैयाँ घाटा लागेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा सेवा आय ७७ अर्ब १८ करोडले घाटामा गएको थियो ।
शिक्षामा मात्र ७५ अर्ब बाहिरियो
कूल खर्च मध्ये वैदेशिक शिक्षा (एब्रोड) मा मात्र ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा विभिन्न देशमा पढ्न जानेहरुबाट यस्तो रकम बाहिरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७५ अर्ब७३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष शिक्षातर्फको खर्च ४६.३५ प्रतिशतले वृद्धि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण