विषादीयुक्त आँपको बिगबिगी, नियमनकारी निकाय मौन
रौतहट । जेठ महिनाको मध्यदेखि फलको राजा भनिने आँप पाक्न सुरु हुन्छ । तर, ती आँप बजारमा नपुग्दै भारतीय आँपले नेपाली बजार ढाकिसकेको छ ।
वैशाख महिनाको मध्यदेखि नै बजारमा पाकेका आँप धमाधम बिक्री भइरहेको छ ।
हेर्दा आकर्षक देखिए पनि भारतबाट आएका सबैजसो आँपमा विषादी हालेर ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको हुन्छ । जुन मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालको हुने चिकित्सकहरु बताउँछन् ।
नर्भिक अस्पतालका वरिष्ठ चिकित्सक डा शैलेन्द्र कुशवाहाका अनुसार आँप पकाउन प्रयोग गरिने उक्त कार्बाइडमा धातुजन्य आर्सेनिक, फस्फोरसको मात्रा अत्यधिक हुन्छ । त्यसले पानीसंँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास उत्पादन गरी मानिसको स्नायु प्रणालीको तन्तु प्रभावित बनाउँछ । त्यसैले, यसको प्रयोग मानव स्वास्थ्यको लागि निकै घातक रहेको उनको भनाई छ ।
उनका अनुसार विषादी हालेर पकाइएका आँपले क्यान्सर रोग पनि निम्त्याउन सक्छ । तर, अत्यधिक विषादी प्रयोग गरिएका आँप रोक्न सीमामा सामान्य क्वारेन्टाइन चेकजाँच समेत गरिएको छैन । जबकि नेपाल सरकारले क्याल्सियम कार्बाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ ।
रौतहटका एक स्थानीय भन्छन्, बजारमा भारतबाट सानो गाडीमा ल्याइएको आँप माइकिङ गरेर समेत बेचिरहेको पाइएकाले नागरिकको स्वास्थ्यलाई ख्याल गरी स्थानीय प्रशासनले नियन्त्रणको पहल गर्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण