कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
शुक्रबार, २६ जेठ २०८०, २० : ३९

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ –५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको उनले जानकारी दिए । घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ –५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरूको गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउनु हुँदैन: श्रेष्ठ
-
आईपीएलको बारेमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै, बिहीबारदेखि सुरु हुनसक्ने
-
वेस्ट बैंकमा वरिष्ठ इस्लामिक जिहाद लडाकु मारिएको इजरायलको दाबी
-
आर्थिक वर्ष २०२५ को खुद नाफामा ३४.९ प्रतिशत गिरावट आउने टोयोटाको अनुमान
-
ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुरु
-
फिल्मसिटीमा लगानी अन्योल : काभ्रेले उत्साहित बनाउँदा, ‘दोलखा’ले निराश