बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ बेपत्ता भए सुर्खेत उद्योग वाणिज्य संघका महासचिव ?

शनिबार, २७ जेठ २०८०, १० : ४२
शनिबार, २७ जेठ २०८०

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी बेपत्ता भएका छन् । उनी केही दिनयता कसैको सम्पर्कमा नरहेको उद्योग वाणिज्य संघ सुर्खेतले जनाएको छ ।

संघका अध्यक्ष लक्ष्मण कँडेलका अनुसार भण्डारी चढ्ने गाडी इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा रहेको छ । चिसापानीको सिद्धार्थ होटेलमा बेबारिसे अवस्थामा भेटिएको उनको बा १८ च ९८७५ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएर राखेको हो । 

साथै भण्डारीले प्रयोग गर्दै आएको मोबाइल, गाडीको चाबी लगायतका सामानहरु पनि भेटिएको तर, उनको बारेमा कुनै पत्ता लाग्न नसकेको चिसापानी प्रहरीले जनाएको छ ।  सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले महासचिव भण्डारी सम्पर्क विहीन हुनुको कारण कुनै खुल्न सकेको छैन ।  

भण्डारीको खोजीका लागि अध्यक्ष कँडेल कञ्चनपुर पुगेका छन् । महासचिव भण्डारी जेठ २२ गते टिकापुर गएर बसेको र २३ गतेयता सम्पर्कमा नआएको कँडेलको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप