कहाँ बेपत्ता भए सुर्खेत उद्योग वाणिज्य संघका महासचिव ?
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी बेपत्ता भएका छन् । उनी केही दिनयता कसैको सम्पर्कमा नरहेको उद्योग वाणिज्य संघ सुर्खेतले जनाएको छ ।
संघका अध्यक्ष लक्ष्मण कँडेलका अनुसार भण्डारी चढ्ने गाडी इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा रहेको छ । चिसापानीको सिद्धार्थ होटेलमा बेबारिसे अवस्थामा भेटिएको उनको बा १८ च ९८७५ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएर राखेको हो ।
साथै भण्डारीले प्रयोग गर्दै आएको मोबाइल, गाडीको चाबी लगायतका सामानहरु पनि भेटिएको तर, उनको बारेमा कुनै पत्ता लाग्न नसकेको चिसापानी प्रहरीले जनाएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले महासचिव भण्डारी सम्पर्क विहीन हुनुको कारण कुनै खुल्न सकेको छैन ।
भण्डारीको खोजीका लागि अध्यक्ष कँडेल कञ्चनपुर पुगेका छन् । महासचिव भण्डारी जेठ २२ गते टिकापुर गएर बसेको र २३ गतेयता सम्पर्कमा नआएको कँडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण