शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली किनारमा एक पुरूषको शव फेला

शनिबार, २७ जेठ २०८०, १३ : ००
शनिबार, २७ जेठ २०८०

बैतडी । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको  हो ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप