आवश्यक मल खरिद गरिसकेका छौँ, मलको सङ्कट हुँदैन: मन्त्री भुसाल
काठमाडौँ । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भुसालले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन बाँकी रहेको बताएका हुन् ।
उनले मलका लागि ठुलो सङ्कट नहुने दाबी गरे । उनले भने, ‘सरकारमा हामी दुई वटा मन्त्रालय लिएर बसेका छौँ । वास्तवमा भन्ने हो भने हामी त्यहाँ निर्णायक छैनौँ भन्दा पनि हुन्छ । हामी आफैँले लिएको मन्त्रालयभित्रै कति काम गर्न सक्यौँ । सक्छौँ भन्ने पहल गर्ने हो । कृषि मन्त्रालयको हिसाबले हेर्दा कृषि क्षेत्रको विकासका लागि केही पहल गरौँ भनेर केही निर्णयहरू अघि बढाएका छौँ । सधैँभर मलको हाहाकार हुने भएकाले मलको निम्ति बजेटको सुनिश्चितता नै प्रमुख कुरा हो, बजेटको सुनिश्चितता नभएकाले नै यो समस्या आइरहेको थियो, त्यसलाई अन्त्य गर्न बजेट पारित भएपछि नै मल सुनिश्चितता हुने गरी बजेट निकासा गर्न लगाएका छौँ । यो वर्ष चाहिने जति मल खरिद गरी सकिएको छ । केही आइसकेको छ, केही आउने क्रममा छ । धेरै ठुलो सङ्कट पर्दैन । हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौँ । यसभन्दा पहिला भएको थिएन । कृषिको बजारीकरण, औद्योगीकरणको समस्या समाधानका लागि पहल पहल गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण