शनिले तोड्यो बृहस्पतिको रेकर्ड
सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो। तर, त्यो स्थान लामो समय ओगट्न सकेन।
शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको छ। बृहस्पतिको ९५ उपग्रह हुँदा अब शनिको १ सय ४५ पुगेको छ। खगोलविद् भन्छन्, ‘अब यो प्रतिस्पर्धा रहेन। शनिलाई भेट्न बृहस्पतिलाई लामै समय लाग्न सक्छ, या नभेट्न पनि सक्छ।’ गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए। त्योसँगै बृहस्पतिको उपग्रहको संख्या बढेर ९५ पुगेको थियो। अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले शनिको उपग्रह बढेकाले सर्वाधिक उपग्रह भएको ग्रहको स्थान ओगटेको पुष्टि गरेका छन्।
क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालय ९यूबीसी०का अनुसार शनि ग्रहका पत्ता लागेका नयाँ उपग्रहको नामकरण छिट्टै गरिनेछ। यूबीसीका प्राध्यापक ब्रेट ग्लेडम्यान भन्छन्, ‘कतिपय उपग्रहलाई क्यानडाको इनउइट देवताहरूको नामबाट राखिनेछ भने कतिपयको नाम ग्यालिक तथा नर्स आदि राखिनेछ।’ शनिको ६२ वटा नयाँ उपग्रह पत्ता लगाउने टिममा प्राध्यापक ब्रेट पनि सहभागी थिए।
नासाका अनुसार शनिको पहिलो उपग्रह टाइटनलाई सन् १६५५ मा डच वैज्ञानिक क्रिस्टियान ह्युजेन्सले पत्ता लगाएका थिए। त्यसपछि, जिन–डोमिनिक क्यासिनीले सन् १६७१ र १६८४ को बीचमा थप चार वटा पत्ता लगाए। यो क्रम खगोलविद्हरूले शताब्दीयौंदेखि जारी राखेका थिए। सन् २००४ देखि २०१७ सम्म क्यासिनीको नामको अन्तरिक्ष यानले शनि ग्रहको नजिकबाट अध्ययन गरेको थियो। यस समयमा धेरै उपग्रह पत्ता लागेको युरोपेली अन्तरिक्ष एजेन्सीले जनाएका छन्।
अनुसन्धानमा संलग्न प्राध्यापक ब्रेटका अनुसार यदि राम्रोसँग अध्ययन गर्ने हो भने शनि ग्रहसँग बृहस्पतिको तुलनामा तीन गुणाभन्दा धेरै उपग्रह फेला पर्न सक्छन्। तर, अहिलेसम्म सबैको गणना तथा खोज हुन सकेको छैन र खोजकार्य जारी छ। कतिपय खगोलविद्हरूले शनि ग्रहको वरिपरि पहिले कुनै ठूलो उपग्रह रहेको हुन सक्ने र त्यो फुटेपछि यति धेरै स–साना उपग्रहहरू बनेको हुन सक्ने अनुमान गरेका छन्। पछि यी सबै उपग्रहहरू शनिको कक्षमा फरक–फरक दिशामा फैलिएको हुन सक्ने केहीको अनुमान छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण