रणवीर कपुरमाथि कंगनाको प्रहार : लागुऔषध दुर्ब्यसनीलाई रामको भूमिका

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन् ।
केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो । यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन् । कंगनाले यही कुरा प्रति इन्स्टाग्राममार्फत रणवीरलाई कटाक्ष गरेकी छन् ।
‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदैछ भन्ने सुन्दैछु । जहाँ एक सेतो मुसा, जो कथित रुपमा अभिनेता छ । जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ । जो नारीकरणका लागि चिनिन्छ र लागुऔषध दुर्ब्यसनी पनि हो । जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्, ‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन । अब आफूलाई राम बनाउने तयारीमा छ ।’
उनी थप अगाडी लेख्छिन, 'जबकी एक युवा सुपरस्टार, जो आफैं बनिएका हुन् । ‘एक पारिवारिक मान्छे हुन् र जो पारम्परिक छ । जो बाल्मिकीको व्याख्या अनुसार जसको रंग, रुप र फिचर रामसँग मिल्छ ।'
उनी चाहिँ रावणको भूमिका निभाउँदैछन् । 'यो कस्तो किसिमको कलियुग हो । कोही पहेलो रंगको लागुऔषध दुर्ब्यसनीले रामको भूमिका निभाउनु हुँदैन । जय श्री राम,’ उनले अगाडि लेखेकी छन्, ‘यदि तपाईं ममाथि लक्षित गर्नुहुन्छ भने म नमरुन्जेल लक्षित गर्नेछु । म सँग निहुँ नखोजनुहोला । मबाट टाढै रहनु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित