बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी बढेसँगै कैलालीका विद्यालयमा धमाधम बिदा

आइतबार, २८ जेठ २०८०, १५ : २३
आइतबार, २८ जेठ २०८०

धनगढी । एक सातायता अत्यधिक गर्मी बढेपछि कैलालीका स्थानीय तहहरुले विद्यालयमा धमाधम गर्मी बिदा दिन थालेका छन् । गर्मीले स्कुले विद्यार्थीहरू निकै प्रभावित भएको भन्दै यहाँका पालिकाहरूले गर्मी बिदा दिन थालेका हुन् ।

पछि बर्खे र हिउँदे बिदामा मिलान गर्नेगरी गर्मी बिदा दिएको पालिकाहरूले बताएका छन् । जिल्लाको धनगढी उपमहानगरपलिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिकालगायतले गर्मी बिदा दिएका छन् ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आइतबार धनगढीको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । सो कार्यालयका नायब मौसम विज्ञान सहायक विरेन्द्र प्रसाद कुश्वाहाले गर्मी अझै बढ्ने अनुमान गरिएको बताए ।

केही दिनयता बढेको गर्मीले जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसोको समय लु (तातो हावा) चल्ने गरेको छ । यहाँका अस्पतालहरुमा गर्मीजन्य समस्याका बिरामी बढेको बताइएको छ ।

g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप