गर्मी बढेसँगै कैलालीका विद्यालयमा धमाधम बिदा
धनगढी । एक सातायता अत्यधिक गर्मी बढेपछि कैलालीका स्थानीय तहहरुले विद्यालयमा धमाधम गर्मी बिदा दिन थालेका छन् । गर्मीले स्कुले विद्यार्थीहरू निकै प्रभावित भएको भन्दै यहाँका पालिकाहरूले गर्मी बिदा दिन थालेका हुन् ।
पछि बर्खे र हिउँदे बिदामा मिलान गर्नेगरी गर्मी बिदा दिएको पालिकाहरूले बताएका छन् । जिल्लाको धनगढी उपमहानगरपलिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिकालगायतले गर्मी बिदा दिएका छन् ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आइतबार धनगढीको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । सो कार्यालयका नायब मौसम विज्ञान सहायक विरेन्द्र प्रसाद कुश्वाहाले गर्मी अझै बढ्ने अनुमान गरिएको बताए ।
केही दिनयता बढेको गर्मीले जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसोको समय लु (तातो हावा) चल्ने गरेको छ । यहाँका अस्पतालहरुमा गर्मीजन्य समस्याका बिरामी बढेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण