संसदीय सुनुवाई समितिको बैठक
प्रस्तावित प्रधानन्यायाधीशमाथिको उजुरी खोलियो, सांसदलाई फोटोकपी वितरण
सोमबार, २९ जेठ २०८०, ११ : ४३
काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलेको छ । असार १ भित्र उजुरीमाथि छलफल गरेर निर्णय गर्ने तयारी छ । सोमबार बिहान सिंहदरवारमा बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेमा उजुरीको पोको खोलिएको हो ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराको सभापतित्वमा बसेको बैठकले कार्कीमाथि सुनुवाईका लागि उजुरी खोलिएको हो । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । सोमबारको बैठकमा खोलिएका उजुरी समितिका सदस्यहरुलाई अध्ययनका लागि उजुरीको फोटाकपी वितरण गरिएको छ । समितिले जेठ ३० र ३१ गते छलफल गरेर प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने कार्ययोजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण