ढुङ्गा गिट्टी निकासी वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र निर्यात हुन्छ : डा.महत
सोमबार, २९ जेठ २०८०, १४ : ३१
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको स्पष्ट गरेका छन् । सोमवार प्रतिनिधिसभामा २०८०–८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा.महतले यस्तो बताएका हुन्। ‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन’ महतले भने।
चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरिएको भन्दै डा.महतले भने, ‘सम्भावना भएका र उपयुक्त देखिएका क्षेत्रमा मात्र उत्खनन् गर्ने र जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्ने हो’ उनले भने, ‘भुटानले पनि त निर्यात गरिरहेको छ । ढुङ्गा के खनिज जन्य होइन र ?’ उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण