कांग्रेसमा टिकट वितरणको विधि परिवर्तन गर्नुपर्छ : सभापति बानियाँ
दाेलखा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले टिकटको विधिलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलनमा उनले वडाबाटै टिकट बाँड्ने कार्य थालनी गरेमा पार्टी पद्धतिमा सुधार हुने बताए । ‘पार्टीको वडाध्यक्ष चयन गरे जस्तो गरि हामीले उम्मेदवार चयन गर्ने विधि बनाउनुपर्छ । पार्टीका ५१ प्रतिशत क्रियाशील सदस्यले छनोट गरेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ । त्यसो हुँदो कोही हराउन पनि लाग्दैनन्,’ बानियाँले भने ।
यसका लागि पार्टीको विधान संशोधन गर्नुपर्ने उनको भनाइ छ । ‘नेपाली कांग्रेसले यस्तै सम्मेलनमा छलफल गरेर, समीक्षा गरेर, विषयवस्तुको उठान गरेर, कांग्रेसको नीति महाधिवेशन वा महासमितिको बैठकमा लगेर अब हामीले आफ्नो विधान संशोधन गर्नुपर्छ,’ उनले भने । आगामी भदौमा हुने पार्टीको नीति महाधिवेशनबाट कांग्रेसले कार्यनीति र निर्देश तय गर्ने उनको भनाइ छ।
बानियाँले पार्टीले लिएको नीतिलाई मानेर एकजुट भएर लाग्दा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए । यस्तै सभापति बानियाँले विकास बजेट घट्दो र साधारण खर्च बढेकोमा चिन्ता व्यक्त गरे । उनले विकास बजेटलाई ७० प्रतिशत र साधारण खर्चलाई कसरी ३० प्रतिशतमा पुर्याउने भनेर कांग्रेसले निर्णय लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण