अर्थमन्त्रीको स्पष्टोक्ति : हवाई भाडामा अरूले मात्र फाइदा लिने परिपाटीको अन्त्य गर्न ट्याक्स
सोमबार, २९ जेठ २०८०, १४ : ४५
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आवश्यकताले नै हवाई भाडालाई पनि भ्याटको दायरामा ल्याउनु परेको प्रष्ट पारेका छन् ।
सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय हवाई सेवामा अन्यले ट्याक्स लगाउने गरेको तर आफूले मात्र छुट दिँदा फाइदा अरुले नै लिइरहेको जनाउँदै यस्तो कार्य रोक्न भाडामा भ्याटको व्यवस्था गरिएको बताए ।
‘अन्तर्राष्ट्रिय उडानहरुका लागि गरिएको बाइल्याटर सम्झौतामा हामीले ट्याक्स नलगाउने व्यवस्था गर्यौ । तर यसबाट फाइदा अरुले नै लिए । हामीलाई कुनै फाइदा भएन त्यसैले भाडामा भ्याट लगायौँ’ उनले भने ।
यसले बाहिरबाट टिकेट काट्नेलाई मात्र नभई नेपालबाट टिकेट काट्नेलाई समेत ट्याक्सको दायरामा ल्याउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण