१३०० मध्ये ९० प्रतिशत गाडीको एलसी चैतमै खुलेको हो : अर्थमन्त्री महत
‘आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिँदैन’
सोमबार, २९ जेठ २०८०, १५ : ३७
काठमाडौँ । बजेटअघि नै १३ सय विद्युतीय गाडी भित्रिएको भन्दै सांसदहरूले संशय व्यक्त गरेकोमा अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै सूचना लिक नभएको प्रस्ट पारेका छन् ।
‘आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरिद गर्न र भित्र्याउन सकिन्न । करको सूचना चुहिएर धेरै गाडी आयात भयो भन्न मिल्दैन’ १३ सय गाडीमध्ये ९० प्रतिशत गाडीको एलसी चैतमा नै खुलेको हो ।’
‘करको दर परिवर्तन गर्ने प्रस्तावसम्बन्धी छलफल बजेट आउने अघिल्लो दिन राति मात्र हुने र उक्त समयमा भन्सार बन्द हुने गरेको छ’ महतले भने,‘हरेक वर्ष बजेट भाषण अगाडि भन्सारबाट धेरै सामान आयात हुन्छ। तथ्याङ्कले नै यो पुष्टि गर्छ। राजस्व तिर्ने क्षमता भए नाकामा रोकिएका सामान पनि यही समयमा भित्रिने गरेको छ’ अर्थमन्त्री डा.महतले भने-‘यसैलाई लिएर सूचना चुहिएको भन्न मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण