बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको सपना हो : नैनसिंह महर

सोमबार, २९ जेठ २०८०, १७ : ३८
सोमबार, २९ जेठ २०८०

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य महरले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सके नेपालको गौरवको विषय बन्ने धारणा व्यक्त गरे । 

गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए सुदूरपश्चिमका जनतालेमात्र नेपालका साथै भारतका जनताले पनि उपचार पाउने बताए ।

'अहिले हाम्रा सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूले उपचारका लागि भारत धाउनु पर्ने अवस्था छ। हामीले विश्वविद्यालय निर्माण गरेर गेटामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके भारतका जनता पनि नेपाल आउने छन्। जसरी गेटा आँखा अस्पतालमा उपचार गर्न आउँछन्, त्यसरी नै त्यहाँ पनि आउने छन्। यसले यसै क्षेत्रको विकास हुने हो', उनले भने ।  

सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला यो आन्दोलनमा आफ्नो समर्थन रहेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप