जलविद्युत उत्पादकहरू चुनावी भिडन्तमा, अध्यक्षका उम्मेदवारको शुल्क एक लाख
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)मा आबद्ध जलविद्युत उत्पादकहरू प्यानलसहित चुनावी भिडन्तमा लागेका छन् । यही जेठ ३१ गते हुने चुनावबाट इप्पानले नयाँ नेतृत्व पाउनेछ । यसका लागि व्यवसायीहरू दुई समूहमा लागेर चुनावी मैदानमा उत्रिएका हुन् ।
चुनावका लागि आज मनोनयन मिति तोकिएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिन समेत १ लाख रुपैयाँ नै मनोनयन शुल्क तोकिएको छ ।
यस्तै, उपाध्यक्षको मनोनयन शुल्क ९० हजार, महासचिवको मनोनयन शुल्क ६० हजार, उपमहासचिवको मनोनयन शुल्क ५५ हजार र सचिवको मनोनयन शुल्क ५० हजार रुपैयाँ छ । यस्तै, कोषाध्यक्ष पदको मनोनयन शुल्क ५० हजार र सदस्य पदको मनोनयन शुल्क ४० हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ । चुनावमा ४५१ जना जलविद्युत उत्पादकले सहभागिता जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण