‘सहअभियुक्तले दिएको बयानका आधारमा बालकृष्णलाई पाँच वटा मुद्दा लगाउन मिल्दैन’
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको जारी बहसका क्रममा अधिवक्ता पंकज कुमार कर्णले बालकृष्ण खाणको बचाउ गरेका छन् । उनले यससम्बन्धी जोहरीमा कतैपनि बालकृष्ण खाणको नाम उल्लेख नभएको बताए ।
मंगलबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानको इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तहरुले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे ।
‘यो मिल्ने अवस्था छैन । यो प्रकरणमा टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई पत्र लेखेको भन्ने कुरा जुन छ, केपी बालगायतलाई भनेर । त्यसमा ठूलो प्रमाण मानेको छ’, उनले भने, ‘त्यहाँ बालकृष्ण खाण अपराधी भनेर पुष्टि हुँदैन । सहअभियुक्तको पोलले खाणविरुद्ध वस्तुनिष्ठ प्रमाण पुग्दैन ।’
उनले लिखत किर्तेसम्बन्धी कसुरमा पनि खाणले यहाँ यहाँ कीर्ते गरेको कुनै प्रभाव नभएको बताए । उनले भने, ‘यो मुद्दामा लेनदेनमा कसैलाई मेसेज पनि गरेको छैन ।’
उनले पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन संरक्षण गर्ने व्यक्ति सन्तोस प्रधानलाई किन प्रतिवादी बनाइएन भन्दै प्रश्न पनि गरे ।
यस्तै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बालकृष्ण खाणका विरुद्ध राज्य लागेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण