राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे यस्तो छ अस्पतालको प्रेस नोट
काठमाडौँ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।
मंगलबार बिहान मुटुमा समस्या आएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेललाई भोलि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको हो।
राष्ट्रपति पौडेललाई २४ घण्टा अवलोकनमा राखी भोलि डिस्चार्ज गर्ने अस्पतालका कार्यकारी निर्देशक चन्दमणि अधिकारीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनु भएको र उहाँलाई चिकित्सकहरुको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकन (अबजर्वेसन) मा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं’ प्रेस नोटमा भनिएको छ ।
हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण