विवाहबाट फर्केको डुङ्गा पल्टिँदा नाइजेरियामा सय जनाको मृत्यु
अबुजा । उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् ।
छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए ।
स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट फर्किरहेका थिए। त्यसपछि डुङ्गा पल्टियो। डुङ्गामा एक सयभन्दा बढी मानिस सवार थिए । बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घण्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।
अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन् । नाइजेरियाका धेरै दुर्गम समुदायहरूमा डुङ्गा दुर्घटनाहरू सामान्य छन् जहाँ स्थानीय रूपमा बनाइएका डुङ्गाहरू प्रायः यातायातको लागि प्रयोग गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण