प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्तासँगको छलफल सकियो, बिहीबार कार्कीसँग प्रष्टीकरण लिइने
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफल टुंगाएको छ । बुधबार बिहान ११ बजेबाट समितिले उजुरीकर्तासँग थप प्रष्ट पार्न छलफल गरेको थियो ।
उजुरीकर्तासँग छलफल सकिएसँगै बिहीबार बिहान ८ बजे प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई समितिमा बोलाउने निर्णय भएको समितिका सदस्य डीपी अर्यालले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्यालले उजुरीकर्तासँग छलफल सकिएको र प्रस्तावित प्रधानन्यायाधीशलाई बिहीबार बिहान ८ बजे बोलाउने निर्णय भएको बताए ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजेबाट बस्ने र बिहान १० बजेसम्ममा प्रस्तावित प्रधानन्यायाधीशमाथि परेको उजुरीका विषयमा प्रष्ट पार्न समय दिने र कार्ययोजना समेत सुन्ने सांसद अर्यालले बताए ।
सांसद अर्यालका अनुसार बिहीबार बिहान ८ बजेबाट सुनुवाइ सुरु गरी १० बजेसम्म सकाउने तयारी गरिएको छ । बिहान १० बजे नै सुनुवाइ सकिएपनि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रुपमा गरेको सिफारिस अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न फेरि समितिको बैठक बस्ने सांसद अर्यालले बताए ।
अर्यालले भने, ‘सुनुवाइको समय बिहान ८ बजेबाट १० बजेसम्म भएपनि त्यसपछि संसदीय सुनुवाइ समितिले फेरि सदस्यहरुसँग छलफल गर्छ । त्यसपछि मात्रै निर्णय गर्ने भएकाले अनुमोदन हुने कि नहुने भन्ने निर्णय भने शुक्रबार मात्रै दिने तयारी भएको छ । शुक्रबार निर्णय दिने विषयमा सामान्य छलफल भएपनि निर्णय भने भइसकेको छैन । सम्भवतः शुक्रबार मात्रै समितिले निर्णय दिन्छ होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण