सुनुवाइ समितिको बैठकमा तनाव, नियमावलीमाथि प्रश्न उठाएर बाहिरिए उजुरीकर्ता
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिको बैठक जालसाजी रूपमा चलाएको भन्दै आक्रोश पोखेका छन् । बुधबार संसदीय समितिको बैठकमा छलफलका लागि आमन्त्रित २९ जना उजुरीकर्ताले सुनुवाईको मोडालिटी बनाएर छलफल गरौ भन्दा जालसाजी तरिकाले प्रश्नोत्तर शैलीमा टुङ्ग्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
_f7ft3YqJjC.jpg)
उजुरीकर्ताले हरिकृष्ण कार्कीलाई पनि संगै छलफलमा राख्न माग गरेको उजुरीकर्ता डिल्लीराज खड्गीले जानकारी दिए । समितिको बैठकमा उजुरीकर्ताले संयुुक्त समितिको नियमावली राजपत्रमा प्रकाशित नगरी बैठक सञ्चालन गरेको भन्दै समितिको बैधतामाथि नै प्रश्न उठेको अधिवक्ता अमृत खरेलले रातोपाटीलाई बताए । बैठकमा उजुरीमाथिको विषय छलफलका लागि प्रवेश नै नपाएको बताउँदै खरेलले समितिको नियमावलीको बैधताको प्रश्नमै केन्द्रीत भएको बताए ।
_vvsv58sNrD.jpg)
समितिमा ३ जनालाई उजुरी प्रस्तुत गर्न समितिले समय दिएपनि उनीहरूले उजुरी प्रस्तुत नगरी समितिको वैधतामा पटक पटक प्रश्न उठाएका थिए । संघीय संसदको संयुक्त बैठक र संयुुक्त समिति कार्यसंचालन नियमावली २०८० राजपत्रमा प्रकाशित नगरी सोही नियमावलीका आधारमा बैठक संचालन गरेकोले बैठक अबैध रहेको दावी गरेका थिए । जुन नियमावलीमा गत जेठ १४ गते सभामुख देवराज घिमिरेले हस्ताक्षर गरेपनि राजपत्रमा नछापिएकोले बैठक को बैधतामाथि उजुरीकर्ताले प्रश्न उठाएका थिए ।
उजुरी कर्तालाई बोल्न प्रर्याप्त समय नदिएको, सो नियमावलीलाई बैध बनाएर छलफल अघि बढाउन माग गर्दा समितिले नमानेको भन्दै उजुरीकर्ता आक्रोशित भएका थिए ।
_FX2I4Yfc6d.jpg)
_tN1yRo1A1f.jpg)
_XqDlyjaRAi.jpg)
_3tmSNskK0e.jpg)
_M3xThUoMal.jpg)
_G9JHRvoIMY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण