आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

सुनुवाइ समितिको बैठकमा तनाव, नियमावलीमाथि प्रश्न उठाएर बाहिरिए उजुरीकर्ता

बुधबार, ३१ जेठ २०८०, १५ : १०
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिको बैठक जालसाजी रूपमा चलाएको भन्दै आक्रोश पोखेका छन् ।  बुधबार संसदीय समितिको बैठकमा छलफलका लागि आमन्त्रित २९ जना उजुरीकर्ताले सुनुवाईको मोडालिटी बनाएर छलफल गरौ भन्दा जालसाजी तरिकाले प्रश्नोत्तर शैलीमा टुङ्ग्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

sunuwai-samiti (1)

उजुरीकर्ताले हरिकृष्ण कार्कीलाई पनि संगै छलफलमा राख्न माग गरेको उजुरीकर्ता डिल्लीराज खड्गीले जानकारी दिए ।  समितिको बैठकमा उजुरीकर्ताले संयुुक्त समितिको नियमावली राजपत्रमा प्रकाशित नगरी बैठक सञ्चालन गरेको भन्दै समितिको बैधतामाथि नै प्रश्न उठेको अधिवक्ता अमृत खरेलले रातोपाटीलाई बताए । बैठकमा उजुरीमाथिको विषय छलफलका लागि प्रवेश नै नपाएको बताउँदै खरेलले समितिको नियमावलीको बैधताको प्रश्नमै केन्द्रीत भएको बताए ।

sunuwai-samiti (2)

समितिमा ३ जनालाई उजुरी प्रस्तुत गर्न समितिले समय दिएपनि उनीहरूले उजुरी प्रस्तुत नगरी समितिको वैधतामा पटक पटक प्रश्न उठाएका थिए । संघीय संसदको संयुक्त बैठक र संयुुक्त समिति कार्यसंचालन नियमावली २०८० राजपत्रमा प्रकाशित नगरी सोही नियमावलीका आधारमा बैठक संचालन गरेकोले बैठक अबैध रहेको दावी गरेका थिए । जुन नियमावलीमा गत जेठ १४ गते सभामुख देवराज घिमिरेले हस्ताक्षर गरेपनि राजपत्रमा नछापिएकोले बैठक को बैधतामाथि उजुरीकर्ताले प्रश्न उठाएका थिए । 

उजुरी कर्तालाई बोल्न प्रर्याप्त समय नदिएको, सो नियमावलीलाई बैध बनाएर छलफल अघि बढाउन माग गर्दा समितिले नमानेको भन्दै उजुरीकर्ता आक्रोशित भएका थिए ।

sunuwai-samiti (3)sunuwai-samiti (4)sunuwai-samiti (5)sunuwai-samiti (6)sunuwai-samiti (7)sunuwai-samiti (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप