सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

संसद् भवन अगाडि नेविसंघको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

बुधबार, ३१ जेठ २०८०, १७ : ४८
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेको छ । बुधवार त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघसँग आबद्ध विद्यार्थीहरूले उच्च शिक्षा ऐन २०७६, सङ्घीय शिक्षा ऐन लगायतका ऐनहरू कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

उनीहरूले लामो समयदेखि मस्यौदामा सीमित भएका ‘उच्च शिक्षा ऐन’ ‘सङ्घीय शिक्षा ऐन’  लगायतका ऐनलाई संसद्मा प्रस्तुत गर्न र संसद्को शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारित गर्ने बाटो प्रशस्त गर्न सरकार र शिक्षामन्त्रीसमक्ष माग गरेका छन् । उनीहरुले उल्लेखित विषयमा सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । कार्यक्रमस्थलबाट प्रहरीले केही विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।

pradrasan (2)pradrasan (4)pradrasan (5)pradrasan (6)pradrasan (7)pradrasan (8)pradrasan (9)pradrasan (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप