खल्ती र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच डिजिटल रजिस्ट्रेसनका लागि विशेष साझेदारी
काठमाडौँ । खल्ती प्रा.लि र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच इ–स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ। यस साझेदारीले इ–स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी बिभिन्न सुविधाका माध्यमबाट इ–स्पोर्ट्स को पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
साथै, खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भूमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको कम्पनीको भनाइ छ ।
नेपाल इ–स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक प्रभावकारी संस्था हो जसले समान पहुँचको सुनिश्चितता गरी ई–स्पोर्ट्सलाई पनि महत्वपूर्ण खेलको रूपमा प्रवर्द्धन र विकास गर्ने उद्देश्य लिएको छ। यसबाहेक, खल्तीसँगको यस साझेदारीले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्वपुर्ण भूमिका खेल्नेछ।
साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको इ–स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेशन र प्रवर्द्धनका लागि नेपाल इ–स्पोर्ट्स एसोसिएसन (ल्भ्क्ब्) सँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। यसबाहेक, हामी नेपालका गेमरहरूका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौँ ।”
यसैबीच, नेपाल इ–स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले भने, “नेपालमा इ–स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम हो र हामी विश्वास गर्छौं कि निजी संस्थाहरूको समर्थनले इ–स्पोर्ट्सहरूलाई नयाँ उचाइमा पु¥याउनेछ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण