ग्रिसमा ठुलो दुर्घटना: प्रवासीले भरिएको डुङ्गा पल्टिँदा ७९ को मृत्यु

दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको माछा मार्न प्रयोग गरिने डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ । दुर्घटनामा हालसम्म सयभन्दा बढीलाई सुरक्षित निकालिएको छ ।
तर यस दुर्घटनामा जोगिएकाहरूले डुङ्गामा भएका कम्तीमा सय जना अझै पनि बेपत्ता भएको बताएका छन् ।
यो ग्रिसमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासी त्रासदीमध्ये एक रहेको सरकारले बताएको छ । ग्रिसमा तीन दिने शोकको घोषणा गरिएको छ ।
कोस्टगार्डले युरोपेली सङ्घको सीमा एजेन्सी फ्रोन्टेक्सको एक विमानले मंगलबार अबेर राती अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुङ्गा देखेको जानकारी दिए । डुङ्गामा बसेका कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् ।
ग्रिसको सार्वजनिक प्रसारक ईआरटीले अधिकारीले धेरै पटक स्याटलाइट फोनको माध्यमले डुङ्गासँग सम्पर्क गरेको र मद्दतको प्रस्ताव गरेको जानकारी दियो । तर पनि त्यहाँबाट बारम्बार भनियो, ‘हामी जसरी पनि इटाली जान चाहन्छौँ त्यो भन्दा बढी केही पनि चाहिँदैन ।’
केहि घण्टा पछि, लगभग १ बजे (स्थानीय समय) मा, डुङ्गामा भएका कसैले कथित रूपमा ग्रिसको कोस्टगार्डलाई जहाजको इन्जिन फेल भएको जानकारी दिए । १० देखि १५ मिनेट पछि, डुङ्गा पूर्ण रूपमा डुब्यो । राहत तथा उद्धारको काम सुरु भए पनि हावाहुरीका कारण धेरै समस्या परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु