बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
हाजिर गरेर टाप कस्ने सिंहदरबारका कर्मचारीको अनुगमन, तस्बिरमा हेर्नुस्
फोटोफिचर

हाजिर गरेर टाप कस्ने सिंहदरबारका कर्मचारीको अनुगमन, तस्बिरमा हेर्नुस्

बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरू बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटमा अनुगमन गर्न थालिएको छ । कार्यालय समयमा कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने तर बिहान बेलुकै हाजिरको रेकर्ड देखिएपछि अनुगमन गर्न थालिएको हो । राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनमा अनुगमन गर्न थालिएको बताइएको छ ।

छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताए । उनले भने, ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो । सचिवज्यूले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’  हेरौँ तस्बिरहरू :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया