‘वास्तविक कृषकलाई प्रोत्साहन गर्नेगरी बजेट आएन’
काठमाडौँ । प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुनेगरी नआएको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रायमाझीले कृषिप्रधान देश भनिएपनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको बताएकी हुन् । उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पोखरामा वर्षा हुनासाथ जलमग्न हुने समस्या रहेको भन्दै वर्षा यामको पानीलाई व्यवस्थित ढल निकासको लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले समस्याको दीर्घकालीन समाधानका लागि वृहत् योजना बनाइ काम सुचारु गर्न आग्रह गरिन् ।
प्रतिनिधिसभा सदस्य विनिताकुमारी सिंहले चुरे पर्वतको ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य रोक्न माग गरिन् । उनले चुरेको संरक्षण र संवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताए । उनले यसलाई समयमै प्रभावकारी ढंगले नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त पार्न सक्ने बताए । उनले अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शंकास्पद र मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए ।
प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले काम नगर्ने ठेकेदार र काम सम्पन्न भइसकेपछि पनि भुक्तानी नदिने सरकारमाथि पनि कारबाही गर्नेगरी सार्वजनिक खरिद ऐनमा संशोधन गर्न माग गरे ।
प्रतिनिधिसभा सदस्य शान्ति बिकले प्रभात बसेल र प्रिति घिमिरेको ३ वर्षदेखिको प्रेम सम्बन्धमा जातीय विभेदको ग्रहण लागेको बताइन् । उनले प्रेम सम्बन्धमा रहेका बसेललाई बलात्कार, अपहरण र शरीर बन्धकको झुटो मुद्दा दायर गरिएको भन्दै निशर्त सुरक्षित रिहाइको माग गरिन् ।
प्रतिनिधिसभा सदस्य शिव नेपालीले प्रेम गरेकै कारण बागलुङका प्रभात बसेल जातीय भेदभावका कारण अपहरण र जबरजस्ती करणी जस्तो जघन्य अपराधको भागी हुनुपरेको उल्लेख गर्दै गम्भीरतापूर्वक छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभा सदस्य शिशिर खनालले धेरै सडक दुर्घटनाहरू हुने गरेको भन्दै चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृति निर्माणमा काम गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले दार्चुलाको ब्यास गाउँपालिका छाङ्ग्रु र टिङ्करका जनतालाई जनगणनामा समेट्न नसक्नुको कारणले माग गरे ।
प्रतिनिधिसभा सदस्य सूर्य थापाले सामुदायिक विद्यालयका कर्मचारी र लेखापाल आन्दोलित रहेका भन्दै उनीहरुको न्यूनतम पारिश्रमिक पाउनुपर्ने मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभा सदस्य सोविता गौतमले देशमा जलवायु आपत्काल आउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले अकल्पनीय कठिनाइ आउने निश्चित देखिएको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण