एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुने भएको छ । सन् २०२३ को एसिया कप आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडेल’लाई एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले बिहीबार अनुमोदन गरेको छ ।
एसीसीको अनुमोदनसँगै एसिया कप पाकिस्तान र श्रीलंकामा आयोजना हुने पक्का भएको हो । एसिया कप आगामी अगस्त ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म सञ्चालन हुनेछ । (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडेल’ अनुसार, एसिया कपका खेललाई दुई चरणमा विभाजन गरिएको छ ।
पहिलो चरणमा भारत बाहेकका सहभागी टोलीले आफ्नो पहिलो खेल पाकिस्तानमा खेल्नेछन् । त्यसपछि भारतले अन्य टोलीसँग आफ्नो खेल ‘न्यूट्रल भेन्यू’ श्रीलंकामा खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पनि श्रीलंकामै खेलाइने छ ।
आगामी एकदिवसीय विश्वकपलाई ध्यानमा राखी ५० ओभरको ढाँचामा खेलाइने एशिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन् । समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण