‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषण गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने बताएका हुन् ।
उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’
मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् । उक्त फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउँदै छ ।
तर सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले सेन्सर बोर्डले उक्त संवाद काटेर रिलिज अनुमति दिएको बताए । फिल्मको सेन्सर बुधबार साँझ भएको थियो ।
के हो विवाद ?
आठ दिन अघि टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो । उक्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरा लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौँ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण