अभिलाषा र सुनिरा फाइनलमा
काठमाडौँ । अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा बिहीबार आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरेका हुन् ।
उता पुरुष सिंगल्समा प्रदीप खड्का र अभिषेक बास्तोला उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा प्रदीपले आर्यन गिरीलाई ६–० र ६–२ तथा अभिषेकले प्रणव खनाललाई ६–१ र ६–० को सोझो सेटमा हराए । नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी पहिलो भए ।
उक्त जोडीले फाइनलमा अनिल साइ र गोपी भण्डारीको चुनौती ६–२, ४–६ र १०–८ ले पन्छाए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई सीधा सेटमा ६–३ र ६–० ले पाखा लगाउँदै विजेता बने । ४५ वर्षमाथि मोहम्मद युनुस र अन्वर अलीको जोडीले शीर्ष स्थान ओगटे । उनीहरूले फाइनलमा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–४ र ६–० ले निराश पारे ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले विमल वाइबालाई ७–५ र ६–४ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे । फाइनलमा तुलेश्वरको भेट राजु श्रेष्ठसँग हुनेछ । राजुले उत्तमकुमार लामाबाट वाक ओभर पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–० र ६–२ तथा मोहम्मद युनुसले मानबहादुर कटवाललाई ६–० र ७–५ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण