भारतले ३० अमेरिकी ड्रोन किन्ने, पनडुब्बीलाई समेत निशाना बनाउने क्षमता
नयाँ दिल्ली । भारतको रक्षा मन्त्रालयले बिहीबार अमेरिकाबाट ३० MQ-9B प्रिडेटर ड्रोन खरिद गर्न स्वीकृति प्रदान गरेको छ। समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेष गरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमतालाई बलियो बनाउनेछ।
रक्षा मन्त्रालयको यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिन अगाडि आएको हो । तीन अर्ब अमेरिकी डलरको यो खरिद सम्झौता आगामी साता प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँगको वार्तापछि घोषणा हुन सक्ने अनुमान गरिएको छ ।
रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषद्को बैठकमा यसको खरिद प्रस्तावलाई अनुमोदन गरिएको थियो। यसमा समुद्री निगरानीबाट दुश्मनको पनडुब्बीलाई निशाना बनाउने समेत क्षमता रहेको छ। समाचार एजेन्सी पीटीआईले आफ्नो रिपोर्टमा भारतीय नौसेनालाई १४ ड्रोन र वायुसेना र सेनालाई ८.८ ड्रोन दिन सकिने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण