प्रतिनिधिसभा बैठक : आज उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने
शुक्रबार, ०१ असार २०८०, ०६ : ४१
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजेका बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ। यी मन्त्रालय सम्बन्धी विभिन्न प्रस्तावहरू पनि पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटउपर छलफल गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण