काठमाडौँ महानगरले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन गर्न नदिने
शुक्रबार, ०१ असार २०८०, १३ : ४१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन हुन नदिने भएको छ । भृकुटीमण्डपमा शुक्रवारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले रोक लगाएको थियो। काठमाडौँ महानगरले मेला सञ्चालन गर्न दिने निर्णय हालसम्म गरेको छैन। मेला सञ्चालनको अनुमति नदिएको अवस्थामा सञ्चालन गरिएको भन्दै महानगरले रोक लगाएको जनाएको छ।
मेला सञ्चालन गर्ने विषयमा काठमाडौँ महानगरको शिक्षा विभाग र हिसान प्रतिनिधिबीच छलफल भइरहेको छ । हालसम्म कुनै निर्णय नगरेको भन्दै महानगर प्रहरी मेला स्थलमा तैनाथ गरिएको छ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले तत्कालको अवस्थामा कुनै पनि हालतमा मेला सञ्चालन गर्न नदिन भन्ने आदेश आएको उनको भनाइ छ।
मेलामा कक्षा १० र १२ नतिजा नआई उच्च शिक्षाका लागि भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले मेलामा रोक लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण