आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भूपू गोर्खाको मागबारे बेलायती रक्षा मन्त्रालयमा वार्ता

शुक्रबार, ०१ असार २०८०, १४ : ५१
शुक्रबार, ०१ असार २०८०

लन्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा बेलायतको रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वार्ता भएको नेपाली दूतावास लण्डनले जनाएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) का रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बिहीबार बैठक सम्पन्न भएको हो । उक्त बैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको छ । यी सम्पूर्ण विषयमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक छलफल गरी पुनः अर्को बैठक गरिने सहमति भएको छ ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो । करिब ४ घन्टासम्म छलफल चलेको र बैठक सकारात्मक रहेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । आफ्ना मागहरुको सम्बोधन हुनेमा आशावादी रहेपनि निर्धक्क हुने अवस्था भने नरहेको उनीहरुको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप