भूपू गोर्खाको मागबारे बेलायती रक्षा मन्त्रालयमा वार्ता
लन्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा बेलायतको रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वार्ता भएको नेपाली दूतावास लण्डनले जनाएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) का रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बिहीबार बैठक सम्पन्न भएको हो । उक्त बैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको छ । यी सम्पूर्ण विषयमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक छलफल गरी पुनः अर्को बैठक गरिने सहमति भएको छ ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो । करिब ४ घन्टासम्म छलफल चलेको र बैठक सकारात्मक रहेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । आफ्ना मागहरुको सम्बोधन हुनेमा आशावादी रहेपनि निर्धक्क हुने अवस्था भने नरहेको उनीहरुको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण