प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पदभार ग्रहण
शुक्रबार, ०१ असार २०८०, १८ : ४२
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट नियुक्त भएर शपथ लिएसँगै उनले सर्वोच्च अदालतमा शुक्रबार साँझ पुगेर पदभार ग्रहण गरेका हुन् ।
शुक्रबार नै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएको थियो ।
त्यसपछि राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए ।
कार्की सर्वोच्चको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण