सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पदभार ग्रहण

शुक्रबार, ०१ असार २०८०, १८ : ४२
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट नियुक्त भएर शपथ लिएसँगै उनले सर्वोच्च अदालतमा शुक्रबार साँझ पुगेर पदभार ग्रहण गरेका हुन् । 

शुक्रबार नै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएको थियो । 

त्यसपछि राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए । 

कार्की सर्वोच्चको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका छन् ।

hari-krishna-karkihari-krishna-karki1hari-krishna-karki2hari-krishna-karki4hari-krishna-karki5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप